आजको राशिफल : बि. स. २०७४ जेष्ठ २० गते, शनिबार
बि.स.२०७४ जेष्ठ २० गते । शनिबार । ईश्वी सन् २०१७ जुन ०३ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ शुक्ल पक्ष । तिथि नवमी,१३ घडि २८ पला,बिहान १० बजेर ३३ मिनेट उप्रान्त दशमी । नक्षत्र उ.फाल्गुनि,२९ घडि ४० पला,बेलुका ५ बजेर ०२ मिनेट उप्रान्त हस्त । योग सिद्धि ४९ घडि ३१ पला । करण कौलव, बिहान १० बजेर ३३ मिनेट उप्रान्त तैतिल,बेलुका १० बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा उत्पात योग । चन्द्रराशि कन्या ।
काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ५५ मिनेट जादा । दिनमान ३४ घडी २२ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।
शुभ अंक — १,७ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुँनेछ ।
शुभ अंक — २,५ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । बिद्यामा सफलता प्राप्त हुँनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ ।
शुभ अंक — ४,९ शुभ दिशा — उत्तर
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट) तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । मेहनेत तथा लगनशिल भएर काम गर्दा सम्मानजनक स्थान प्राप्त गर्न सकिनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
शुभ अंक — १,५ शुभ दिशा — पश्चिम
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।
शुभ अंक — ३,६ शुभ दिशा — उत्तर
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुँनेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । गित संगितमा बिषेश रुचि बढ्ने तथा बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुँनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । मन्दिर तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ ।
शुभ अंक — २,६ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्यात्तिहरुको सल्लाहमा गलत निर्णय हुन सक्छ । आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाटभने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । फलामा तथा फलामसँग सम्बन्धित काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट आउँने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउँन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — उत्तर
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
.


0 comments
Write Down Your Responses