पन्जेबाजा गीतको भिडियो सार्वजनिक भयो अहिले संसार भरि बाट हेरिदै... तपाई पनि एक पटक अबश्य हेर्नुहोस ( भिडियो )
लण्डन । बेलायतको बर्मिङहममा निर्माण गरिएको एक पन्जेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली संगीत मा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक अशोक भट्टराईको ‘जोडौँ भो घरवार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यो पञ्चेबाजा गीतमा अशोक भट्टराई र सन्ध्या बुढाको आवाज सुन्न सकिन्छ । गीतको शब्द तथा लय संकलन महेन्द्र अधिकारीले गरेका छन् ।
बर्मिङहमस्थित मिडियाकर्मी टिका अधिकारीले छायांकन गरेको यो म्युजिक भिडियोको निर्देशन सुनिता तिवारीले गरेकी हुन् ।
यो भिडियोको सबै छायांकन बर्मिङहममै गरिएको थियो ।
बेलायतमा निर्माण भएको मौलिक नेपाली पन्जेबाजा गीतको यो भिडियोले नेपाली कला र संस्कृतिको प्रबर्दनमा सहयोग पुर्याउने विश्वास गायक भट्टराईले गरेका छन् । (नेपालीपत्र डट कम को सहयोगमा)


0 comments
Write Down Your Responses