-अमला एक फाइदा अनेक..हेर्नुहोस्.. हामीले खाने पर्ने फल ... जानी राखौ यसका धेरै फाइदाहरु

अमला एक फाइदा अनेक

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।
यसको सेवनले शरीरमा भएका विकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ ।

अमलाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ ।

यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।
अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.