अरबपति भएर पनि सलमान खान यसकारण बस्छन् अझै फ्ल्याटमा,
चर्चित बलिउड सपरस्टार सलमान खान अहिले पनि ग्यालेक्सी अपार्टमेन्टमा बस्ने गर्दछन ।भारतीय मिडियाका अनुसार हालै सलमाले दिएको एक अन्र्तवार्तामा आफुलाई बंगलाको सट्टा फ्ल्याटमा बस्न मन पर्ने बताएका छन ।
यसको कारण पनि खुलाउदै सलमान खानले भने किनकी यस फ्ल्याटको माथिलो तलामा मेरो आमा बुवा बस्नु हुन्छ । त्यसैले सलमानले बिल्डिंगनै आफ्नो परिवार भएको बताएका छन् । उनले अगाडी थप्दै भनेका छन् जब हामी साना थियौ त्यति बेला यस बिल्डिंगमा भएका सबै बच्चा मिलेर यहाको बगैचामा खेल्ने गर्द थियौ । यो फ्ल्याटमा मेरा कयौ बचपनका यादहरु जोडिएका छन् । यति बेला सलमान आफ्नो फिल्म ट्युवलाइटको प्रचारमा व्यस्त रहेका छन् ।
.


0 comments
Write Down Your Responses